
पूर्णपुष्टि,बैशाख ५ । उदयपुरका युवा गायक डिबि राईको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । मंलबार पुर्वाञ्चल म्युजिक नामका युटुब च्यानल मार्फत ‘गुँरासै फुल्यो’ गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक रहेको नयाँ गीतमा शब्द स्वर डिबि राईले गरेका छन् भने उक्त गितमा गायिका श्रेया राईले साथ दिएकी छिन् । प्रस्तुत गरिएको गितलाई रुद्र श्रेष्टले उत्कृष्ट संगित दिएका हुन् । म्युजिक भिडियोमा उदयपुरका बिभिन्न स्थानहरु देखाएका छन् । गीतले धार्मिक पर्यटकिय क्षेत्र रौता पोखरी,सल्ले बजार,बैथुङ्गकी डाँढा र बरुवा खोलाहरुको चर्चा गरिएको छ ।
