सुनसरी/भदौ १ गते ।
सुनसरीको रामधुनीका कोशीकटानमा डुबेर एक जना घाईते भएको छ । रामधुनी नगरपालिका – ५ भुमरी चौक निबासी १८ वर्षीय आयुष बस्नेत डुबेर घाईते भएको हो ।
नुहाउने क्रममा डुबी रहेको अवस्थामा साथीहरुले उद्दार गरी जिल्ला अस्पताल ईनरुवा लगेर थप उपचारको लागि गोल्डेन अस्पताल विराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
