
मोरङ, असार १२
मोरङको बिराटनगर महानगरपालिका–१८ आईसीपी भवन अगाडीको खाली खेतको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय जयपाल मण्डलको ७ बर्षीय छोरा अंकुश मण्डलको मृत्यु भएको छ ।
बिहिवार दिउँसो साँढे ४ बजे उक्त स्थानमा रहेको पानी जमेको खाल्डोमा बालक डुबिरहेको अवस्थामा छिमेकीहरुले देखे पछि तत्काल उद्धार गरी उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पु¥याउनासाथ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
