
संखुवासभा, साउन २४ गते ।
संखुवासभाको खाँदबारीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । खाँदबारी नगरपालिका – ९ तुम्लिङटार निबासी बीरबहादुर कुमालको छोरा ४ वर्षीय विमल कुमाल पोखरीमा डुबेर मृत्यु भएको हो ।
गतराती पौने ८ बजे घर निजकै रहेको कोशी कोरीडोरको पानी जमेको पोखरी छेउमा खेल्ने क्रममा पोखरीमा लडी पसेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
