संखुवासभा, मंसिर २० गते ।
संखुवासभाको मकालु गाउँपालिका–५ आम्राङको अरुण तेस्रो जलविद्युत आयोजनाको अडिट टु सुरुङ भित्र काम गर्ने क्रममा ढुङ्गाले लागेर तीन जना कामदार घाईते भएका छन् । भारतको आसाम नलबारी निबासी २३ वर्षीय भाजिदिन अली, भारतको जिल्ला बर्बता नीबासी २६ वर्षीय हस्तम अली र भारत अलिकाद्वार जिल्ला निबासी २८ वर्षीय अबुद करको ढुङ्गाले लागेर गम्भिर घाईते भएका हुन् ।
घाईते तिनै जनाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
