
धनकुटा, बैशाख ३ गते ।
तमोर नदीले बगाएर बेपत्ता भएका धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का ६० बर्षीय देवकुमार राई ४ दिन पछी मृत फेला परेको छ । गत चैत्र २८ गते दिउँसो साँढे २ बजे साथीहरुसंगै तमोर नदिमा पौडी खेल्ने क्रममा अचानक नदीले बगाई बेपत्ता भएको थियो ।
बेपत्ता राईको खोजतलास गर्ने क्रममा मंगलवार बिहान साँढे ९ बजे करिव एक सय मिटर तल मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
