Friday, June 26News That Matters

ताप्ली गाउँपालिकाको कार्यलयमा बम बिस्पोट गराएको अभियोगमा बिप्लवका २ कार्यकर्ता पक्राउ

पूर्णपुष्टि,मंसिर ११

ताप्ली गाउँपालिकाको कार्यलयमा बम पड्काएको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टी ( विप्लव समूहका २ कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्ली गाउँपालिका ५ रुपमाटारका गौरबहादुर देवकोटा र ताप्ली गापा १ ओख्ले घर भएका रितु विक रहेका छन् ।

केहिदिन अघि मात्र ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्पोट भए सँगै प्रतिवन्धित पार्टी नेत्र विक्रम चन्द नेतृत्व – विप्लव समूहका २ कार्यकर्ता बुधबार पक्राउ परेका छन् ।

बिक जिल्ला समिति सदस्य हुन भने देवकोटा हाल समूह(पार्टी) मा आवद्ध नरहेका व्यक्ति भएको विप्लव समूहका उदयपुर इन्चार्ज विजय रामले बताएको छ ।

उनिहरुलाई दिउँसोको समयमा घरैबाट प्रहरीले पक्राउ गरेको हो,’ इन्चार्ज बिजय रामले बताए ।  के को लागि पक्राउ गरेको थाहा भएन् ।’ उनले भने,

घटनामा संलग्नहरुको खोजी जारी राखेको प्रहरीले अनुसन्धानको लागि नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीम दाहालले जानकारी दिए ।