Monday, June 22News That Matters

ताप्लेजुङमा गोेली हानी एकको हत्या

पूर्णपुष्टि,वैशाख १०

ताप्लेजुङमा गोली हानी एकजनाको हत्या भएको छ । मेरिङदेन गाउँपालिका–२ जिदिमा का २९ वर्षीय प्रताप भन्ने आकाश लिम्बुले भरुवा बन्दुकले हानी सोही स्थानका ५० वर्षीय खडक बहादुर लिम्बुको हत्या गरेको हो ।

बिहीबार बेलुका साढे ५ बजे खडक बहादुर आफ्नै घरमा बसिरहेको अबस्थामा आकाशले एक्कासी बन्दुकले हानी हत्या गरेका थिए । उनलाई प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । आकाशले प्रयोग गरेको भरुवा बन्दुक घटनास्थल देखी अन्दाजी ७० मिटर टाढा बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

हत्या गरेको कारण भने तत्काल नखुलेको र घटनाबारे थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनकाएको छ ।