Sunday, May 17News That Matters

ताप्लेजुङमा पहिरोले पुरिएर २ जनाको मृत्यु

ताप्लेजुङ, भाद्र २२ 

ताप्लेजुङ सिरिजंघामा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । सिरिजंघा गाउँपालिका–४ का ३० बर्षीय राजु लिम्बु र ५५ बर्षीय विष्णुदास थेवेको मृत्यु भएको हो ।
गएराती परेको अविरल वर्षापछि माथीबाट झरेको पहिरोले निर्माणधिन नागदेवा लघु जलविधुत आयोजनाको पावर हाउस भवन समेत बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सोही आयोजनाको पावर हाउसमा लिम्बु र थेवे अप्रेटरको काम गर्दै आएका थिए ।

पावर हाउसमै रहेको अवस्थामा पहिरोले पावर हाउस बगाउदा उनिहरुको पनि पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई लाशको उद्धार गरी कानुनी कारबाही भईरहेको जनाएको छ ।