Friday, May 8News That Matters

तालिम प्राप्त सशस्त्र प्रहरीद्वारा २० फिटमुनी लास फेला

पूर्णपुष्टि, कात्तिक १९ ।

हिजाे डुबेर बेपत्ता भएकाे मानिसलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण गाईघाटबाट खटिएकाे ११ जनाको दैवी प्रकोप उद्धार तालिम प्राप्त टोलीले फेला पारी बाहिर निकालेकाे छ ।
हिजाे रातीदेखिनै खटिएकाे टाेलीले बिहान फेला पारी निकालेकाे हाे । २० फिट पानीमुनी दबिएकाे अबस्थामा लास फेला परेकाे सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण उदयपुरको प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गाहर धन राईले जानकारी दिनुभयाे । प्रहरीले लासकाे मुचुल्का उठाई पाेष्टमार्टमकाे तयारी गरेकाे छ ।
चाैदण्डिगढी नगरपालिका ९ पुर्व ज्यामिरे स्थित जमेकाे पानी दहमा खाेटाङकाे सावाकटहरे ६ घर भई हाल चाैनपा ९ अजगरा बस्दै अाएका ४० बर्षिय सुबास बि.क. डुबेर बेपत्ता भएका थिए ।
बेल्टार बजारबाट फर्कदै गर्दा अन्दाजि बेलुका ७ बजे डुबेकाे खबर लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले खाेजि कार्य थालेकाे थियाे ।