
पूर्णपुष्टि, भदौ २
तिन दिन देखि घर बाट बेपत्ता रहेकी एक किशोरी सर्लाहीमा मृत भेटिएकी छिन् । सर्लाहीको तालबन्दी नगरपालिका वडा नं १७ की राजन भुजेलको १६ बर्षिय छोरी प्रिंयाका भुलेलको शव तिन दिन पछि फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।
३१ साउनमा प्रियंका हराएपछि परिवारजनले ३२ साउनमा इलाका प्रहरी कार्यालय लालबन्दीलाई जानकारी गराएको थियो ।
शव लालबन्दी नगरपालिका ६ स्थित कालिन्जोर खोलामा फेला परेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । शव फेला परेको ठाउँ उनको घरदेखि झण्डै तीन किलोमिटर टाढा हो ।
किशोरीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पठाइएको र पोष्टमार्टमको रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढाइने प्रहरीको भनाई छ । शव सडेको अवस्थामा फेला परेको प्रहरीले बताए ।
