
पूर्णपुष्टि, वैशाख २३ ।
उदयपुरकाे राैतामाई गाउपालिका-७ मुर्कुचीका स्थानीय शंकर भट्टराइले अस्थायि प्रहरी बीटकाे लागि जग्गादान गर्नु भएकाे छ ।
मदन भण्डारी राजमार्गसंग जाेडिएकाे १० फिट लम्वाई र ५ फिट चाैडाई रहेकाे दुईलाख १० हजार रुपैया मुल्यकाे जग्गा भट्टराइले दान गर्नु भएकाे हाे । राैतामाई, उदयपुरगढि गाउपालिका र त्रियुगा नगरपालिकाकाे संगमस्थलकाे रुपमा रहेकाे उक्त स्थानमा सुरक्षा चेकपाेष्टकाे अावश्यकता देखिएपछि राैतामाई गाउपालिकाकाे पहलमा प्रहरी बिट ब्यवस्थित गरिरहेकाे छ । स्मरणीय कुरा, उक्त स्थान तीन पालिकाकै ७ वडा नम्बर पर्छ ।

जग्गादाता भट्टराइलाई अाज राैतामाई गाउपालिकाले विशेष सम्मान गरेकाे छ । उहालाई गाउपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले उहाँकाे याेगदानकाे उच्च कदर गर्दै दाेसल्ला अाेढाई अभिनन्दन गर्नुभयाे । कदरपत्र पनि प्रदान गर्नुभयाे । पालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले पालिकाकाे तर्फबाट मायाकाे चिनाे प्रदान गर्नुभयाे ।
अभिनन्दित भट्टराइले मरेर लैजानु केही छैन, समाजकाे हितमा गरेकाे काम वा सेवा नै अमुल्य र अतुलनीय हुने भएकाले सुरक्षा जस्ताे महत्वपूर्ण कुरालाइ टेवा पुरयाउन जग्गादान गरेकाे बताउनुभयाे ।
पालिका अध्यक्ष खड्काले उक्त जग्गामा तत्कालै प्रहरि बिटकाे भवन निर्माण गर्ने जानकारि दिनुभयाे । भवन निर्माण तथा अन्य व्यवस्थापनका लागि अन्य पालिकासंग पनि समन्वय गरिने बताउनुभयाे ।
उक्तस्थानकाे नाम साेल्मारि रहेकाेमा सुन्दरचाैक नामाकरण गरिएकाे छ । उक्त स्थान सवारि तथा मानविय चहलपहल बढ्दाे भएकाले सुरक्षा बिटकाे अावश्यकता देखिएकाे र पहल भएकाे सुकाैरा प्रहरि चाैकिका ईन्चार्ज सई देबेन्द्र फुयलले बतनउनुभयाे ।
कार्यक्रममा राजनितिक दल, नागरिक समाज, बुद्धिजिबि, प्राध्यापक, पत्रकार, कर्मचारिहरुकाे सहभागिता रह्याे ।

साथै साेहि कार्यक्रममा स्वास्थ्य चाैकि मुर्कचिलाई जग्गा खरिदका लागि स्थानिय नवज्याेति सामुदायिक वनले १३ लाखकाे चेक हस्तान्तरण भयाे । सावउसका उपाध्यक्ष साेम बस्नेत, काेषाध्यक्ष तुलसा दाहालले पालिका अध्यक्ष खड्का लाई हस्तान्तरण गर्नुभयाे । पालिका अध्यक्ष खड्काले तत्कालै स्वास्यचाैकि व्यवस्थापन अध्यक्ष समेत रहेका वडा नं ७ वडाध्यक्ष उत्तरकुमार मगरलाई चेक जिम्मा दिनुभयाे । 
