
पूर्णपुष्टि, पुष २६
पछिल्लो झण्ड तीन बर्षदेखि गाईगोठ जस्तै फुसको झुप्रोमा सञ्चालित वडा कार्यालय भवन बन्ने भएको छ । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–६ मधेपुराको वडा कार्यालय भवनको शिलन्यास भएको हो ।
कार्यालय सञ्चालन तथा व्यवस्थापनमा समेत समस्या भएकोले जनप्रतिनिधि तथा स्थानियहरुले व्यवस्थीत वडा भवनको माग गर्दै आएका थिए । सोहीअनुरुप उक्त स्थानमा वडा कार्यालय तथा स्वास्थ्य चौकी भवन एकै साथ बनाउने योजना अघि सारेको हो ।
वडा कार्यालय र स्वास्थ्य चौकी भवनको बुधबार एकै साथ शिलान्यास गरिएको तिलाठी कोईलाडी गाउँपालिका कार्यालयले जनाएको छ ।
वडा कार्यालयको लागि दुई कठ्ठा जग्गा गाउँपालिकाबाट खरीद गरिएको र बहुबर्षिय योजनाअन्तर्गत निर्माण कार्य थालिएको गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले बताउनुभयो । यसैगरी स्वास्थ्य चौकीको भवन समेत बहुबर्षीय योजनाअन्तर्गत सञ्चालन गरिने र सोको लागि चालु आर्थिक बर्षमा २५ लाख रुपैयाँ विनियोजित गरिएको अध्यक्ष सिंहले जानकारी दिनुभयो ।

