Monday, April 20News That Matters

तुलसी सहकारीका क्षेत्रीय प्रबन्धकसहित दुई सञ्चालकलाई थुनामा राख्ने आदेश

पूर्णपुष्टि,चैत्र २५ । बचतकर्ताको करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा जिल्ला अदालत, मोरङले तुलसी बहुमुखी सहकारीका दुई पदाधिकारीसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

न्यायाधीश प्रकाश कोइरालाको इजालसले क्षेत्रीय प्रबन्धक मन्दिप खवाससहित सञ्चालक समितिका उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवासलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

करिव १ हजार ३०७ बचतकर्ताको ५० करोड ८८ लाख ७८ हजार ७१८ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सहकारीका अध्यक्ष केदारनाथ शर्मासहितका ८ जनाविरुद्ध मुद्दा चलाएको थियो । अध्यक्ष शर्मासहितका ५ जना भने फरार छन् ।