Monday, June 22News That Matters

तेह्रथुममा आगोले जलि महिलाको ज्यान गयो

पूर्णपुष्टि,चैत ३०

तेह्रथुममा आगोले जलि एक महिलाको ज्यान गएको छ । म्याङलुङ नगरपालिका–३ नागदह बस्ने ७२ वर्षीया फुलमाया ढुंगानाको आगोले जलि ज्यान गएको हो ।

आज बिहान साढे ९ बजे उनी घरदेखी नजिक आफ्नै बारीमा सुकेका झ्यास, झिक्रा डढाउने क्रममा सो आगो नजिकै रहेको बासझ्याङमा पुगेको थियो । बासझ्याङमा आगो सल्किएको थाहा पाई स्थानिय किशोर प्रसाद सिग्देल र फुलमाया की जेठि बुहारी आई निभाउने क्रममा सोही बासझ्याङमा खोल्सी परेको स्थानमा फुलमायाको शरिर पुर्णरुपमा जलिसकी मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।