Monday, June 1News That Matters

त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालको जित

बैशाख ४

त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पछि पार्दै जित हात पारेको हो ।

नेदल्याण्ड्सले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमा एक विकेट  गुमाएर भेटायो । नेपालका लागि आजै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका कुशल भुर्तेल र आशिफ शेखले अर्धशतकीय पारी खेले । कुशलले ३० बलमा ५० रन बनाए । पाँच छक्का र पाँच चौका हानेका उनी ६२ रनमा आउट भए ।

त्यस्तै आशिफ शेखले ३६ बलमा अर्धशतक पूरा गरे । चार चौका र चार छक्कासहित शेख ५४ रनमा नटआउट रहे । आजको खेलमा नेपालले सबैभन्दा धेरै रनको ओपनिङ साझेदारीको रेकर्ड पनि बनाएको छ । आज कुशल भुर्तेल र आशिफ शेखले एक सय १६ रनको ओपनिङ साझेदारी गरे ।  यसअघि सन् २०१९ मा पारस खड्का र ज्ञानेन्द्र मल्ले एक सय आठ रनको ओपनिङ साझेदारी गरेका थिए ।