
पूर्णपुष्टि,चैत्र २१ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल क्षेत्रमा मनोमानी रुपमा पार्किङ शुल्क उठाउँने गरेको भन्दै ट्याक्सी व्यवसायीहरु आन्दोलित भएका छन् । आइएसएस एयरपोर्ट सर्भिस नामक कम्पनीले ट्याक्सी चालकहरु संग मनपरी पार्किङ शुल्क उठाउँने गरेको भन्दै उनीहरु आन्तोलित भएका हुन् ।
सोमबार अपरान्ह ३ बजेदेखि व्यवसाइिहरुले पार्किङमा आफ्नो ट्याक्सी थन्क्याएर शान्तिपुर्वक आन्दोलनमा उत्रिएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट मिटर ट्याक्सी इकाई कमिटीको अगुवाईमा उक्त आन्दोलन जारी रहेको बागमती प्रदेश कमिटीका अध्यक्ष शंकर थापाले जनाए । उनका अनुसार यस विषयमा सम्बन्धित सरोकारवालाहरुलाई पटक–पटक यस समस्या राख्दा पनि सम्बोधन नभएपछि आन्दोलनको विकल्प रोज्न पुग्यौं।
विमानस्थल क्षेत्रमा ट्याक्सी (कार) पार्किङ गर्दा घण्टाको ८० रुपैयाँ तिर्नुपर्छ । यसअघि २० रुपैयाँमा प्रतिघण्टा पार्किङ गर्न सकिन्थ्यो । तर पछिल्लो समय आइएमएसले पार्किङको जग्गा भाडामा लिएपछि हरेक साधनको पार्किङ शुल्क बढाउन थालेको संगठनको भनाइ छ ।
यी विषयहरूमा पर्यटन मन्त्री सुदन किरातीसँगै छलफल समेत भइसकेको अध्यक्ष थापाको भनाइ छ। उनका अनुसार मन्त्री किरातीले व्यवसायीहरूको गुनासो सम्बोधन गर्नेमा आश्वासन दिएका छन्। ‘तर हिजोदेखि अझै पनि हामीलाई थप छलफलको लागि भने बोलाइएको छैन। हामी प्रतिक्षामा छौं,’ बागमती प्रदेश कमिटीका अध्यक्ष थापाले भने।
संगठनको माग पार्किङ शुल्क घटाई सहज गरिनुपर्ने रहेको बागमती प्रदेश कमिटीका अध्यक्ष शंकर थापाले बताए। यस बाहेक कम्पनीले प्रतिक्षामा बसेका आफन्तहरूबाट पनि शुल्क उठाउने गरेको उनले बताए। यो कार्यप्रति पनि व्यवासयीहरूले आवाज उठाउन चाहेको हो।
ट्याक्सी व्यवसायीहरूले विमानस्थल क्षेत्रमा यतिबेला आफ्नो पुरै सेवा ठप्प पारेको छ ।
