Sunday, May 17News That Matters

त्रियुगाको २ नम्बर वडा १० दिनको लागी बन्द

पूर्णपुष्टि,वैशाख २२

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमणदर पछिल्लोे केही समय यता उदयपुरमा पनि बढ्न थालेको छ । त्रियुगा नगरपालिका वडा २ मा पनि कोरोना संक्रमित भेटिएपछि समुदायस्तरमा थप फैलिन नदिन वडा कार्यालय १० दिन सम्म बन्द गरिने निर्णय भएको हो ।

वडाबाट सञ्चालन हुने अत्यावश्यक सेवाबाहेकका अन्य कुनैपनि सेवा प्रदान नगरिने वडा अध्यक्ष घमान सिङ खत्रीले जनाकारी दिनुभयो । वडा अध्यक्ष खत्रीकाअनुसार वैशाख २२ देखि ३१ गतेसम्म वडा कार्यालयका कामकाज बन्द गरिएको बताउनुभयो ।