Saturday, June 20News That Matters

त्रियुगामा ६० हजार बढि विरुवा रोपिने, पूर्वपश्चिम बरुवा बसपार्कबाट बृक्षरोपण सुरुवात

पूर्णपुष्टि, साउन १ ।

क्लिन सिटि, ग्रीन सिटि शहर निर्माण अभियानको क्रममा आज हजारौं विरुवा बृक्षरोपण गरिएको छ । त्रियुगा नगरपालिकाले आजबाट १६ वटै वडालाई हरियाली बनाउन बृक्षरोपण थालेको हो । वडा नं. १३ को पूर्वपश्चिम बरुवा बसपार्कबाट बृक्षरोपणको सुरुवात गरिएको छ । आज एक समारोहको आयोजना गरी बृक्षरोपण थालिएको हो ।

बसपार्क क्षेत्रको खाली जमिनको ठूलो क्षेत्रमा बृक्षरोपण गरिएको हो । खाली चौरीको छेउछेउमा बृक्षरोपण गरी विरुवसुाले घेरा लगाइएको छ । नगरका मेयर बलदेव चौधरी, उपमेयर देवीकुमारी चौधरी, जिल्ला प्रहरी प्रमुख सुवासचन्द्र बोहोरो, सशस्त्र प्रहरी उपरिक्षक सुधिर सुवेदी, रणसार्दुल गण बोक्सेका गणपती अर्जुन बोहोरा, वडाध्यक्ष पशुपती चौधरीले एकसाथ विरुवा रोपेर हरित अभियानको सुरुवात गरेका छन् ।

सुरुवातीसंगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले चौरीको चारै कुना समेटेर पारेको हजारौं खाल्डोमा विरुवा रोपेका थिए । हाल उजाड देखिने खाली जमिन केही समयपछि हरियालीमा परिणत गराउने उद्देश्य छ ।

“स्वस्थ्य, शिक्षित, उद्यमशील हाम्रो शहर, समुन्नत समावेसी समृद्ध त्रियुगा नगर” भन्ने नारालाई सार्थक तुल्याउन यस किसिमका अभियानहरु अगाडी सारिएको मेयर बलदेव चौधरीले बताउनुभयो । त्रियुगाको सबै वडाहरुमा ६० हजार बढि विरुवाहरु रापिने र हरियाली त्रियुगा बनाइ सफा, सुन्दर शहर निर्माण गरिने बताउनुभयो । धेरैखोलाहरु रहेकाले बाँध ब्यवस्थापन र हरियालीका लागि यो अभियान प्रभावकारी हुनेछ । राष्ट्रपटि चुरे कार्यालय सलकपुर, जिल्ला वन कार्यालय, त्रियुगा नगरपालिका मिलेर बृक्षरोपण गरिएको हो । यसले क्लिन सिटि, ग्रिन सिटि बनाउन सकिने उहाँले बताउनुभयो ।

उपमेयर देवीकुमारी चौधरीले बृक्षरोपणले रमणीय स्थलसमेत बन्ने र वातावरणमा अनुकुल प्रभाव पर्ने बताउनुभयो । विहान, बेलुका डुल्ने, बस्ने ठाउँ बन्ने बताउनुभयो । प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोराले यो महत्वपूर्ण काम भएको बताउनुभयो । सरसफाई, बोट विरुवा रोपनले वातावरण राम्रो हुने बताउनुभयो ।

१३ नं. वडाका वडाध्यक्ष पशुपती चौधरीले सत्तिसाल, सिसौ, सिन्कौली, अमला, अम्बक लगायतका विरुवाहरु रोपिएको बताउनुभयो । यसको संरक्षणमा विशेष ध्यान दिइने बताउनुभयो । वडाअन्तर्गतका टोलहरु, टोलबासी, नगरबासीले आप्mना सम्झेर विरुवाहरुको संरक्षण गर्ने वातावरण बनाइने उहाँले बताउनुभयो ।

स्थानीयबासीहरुले बृक्षरोपण भएकोमा खुसी ब्यक्त गर्दै सहयोग गरेका छन् । अवका दिनमा संरक्षण महत्वपूर्ण रहेकाले त्यसमा भुमिका रहने बताएका छन् । नगरपालिकाले हिजो गाईघाट बजार क्षेत्रको सरसफाई गरी सरसफाई अभियानलाई अगाडी बढाएको छ ।

फाेटाेफिचर :