
पूर्णपुष्टि, असार २९
पटकपटक अपारदर्शी अध्यक्षको आलोचना खेप्दै आएको त्रियुगा उद्योग बाणिज्य संघका वर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य गजेन्द्र भगतलाई लाई संस्थाका बहुमतको कार्यसमितिले निलम्वीत गरेको छ ।
भगत लाई पहिल्यै बाट आर्धिक काण्ड र संस्थाका अन्य कामहरुमा समते संस्थागत हिसावले भन्दा पनि व्यक्तिगत हिसावले चल्दै आएको आरोपहरु प्रसस्त छन् ।
अध्यक्ष भगतले संस्थाको नाममा जम्मा गर्नु पर्ने रकम रु ३ लाख २० हजार २०५ रुपायाँ आर्थिक बर्ष २०७४÷०७५, २०७५÷०७६, २०७६÷०७७ देखि नै जम्मा नगरी उक्त प्रमाण आर्थिक लेखा परिक्षणमा भने उल्लेख गरी बदमासी गर्न खोजेको प्रतिवेदनमा उल्लेख गरिएको छ । उनलाई पटक पटक रकम जम्मा गर्न सल्लाह दिदा पनि वास्त नगरेको उल्लेख गरिएको छ ।
भगतलाई त्रियुगा उद्योग बाणिज्य संघ को विद्यान परिच्छेद ४ को धारा ४.४ को खण्ड (ङ) ४ बमोजिम कार्वाही गरिएको छ । उनलाई तिन बर्ष सम्मका लागि संस्थाको साधारण सदस्य समेत नरहने गरी निलम्वीत गरिएको हो ।
भगतले संस्थामा आएको सेवा सुविधा लाई पनि व्यक्तिगत हिसावले दुरुपयोग गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । माहामारीमा आएको खोपलाई पनि संस्थाको बैठक बिना नै तोकेको व्यक्ति भन्दा बाहिर प्रयोग गरी दुरुपयोग गरेको प्रतिवेदनले स्पष्ट पारेको छ ।

बरिष्ठ उपाध्यक्ष रमेश रसाईलीको नेतृत्वले एक पत्रकार सम्मेलन कार्यक्रमको बिच भगतलाई संस्थाको नेतृत्व बाट हटाइएको जानकारी गराएको छ । संस्थाको नियम र विधिविद्यान विपरित आफ्नै हिसावले चलिरहेको अध्यक्षलाई समितिले पटकपटक मौखिक र लिखित रुपमा पारदर्शिता, आर्थिक लेखा जोखा, साधरण सभा तथा संस्था नविकरणको बारेमा सम्झाए पनि वेवास्ता गरेको भन्दै रसाईलीको नेतृत्वमा रहेको ९ कार्यसतिले कार्वाही गरेको जनाएको छ ।

समितिमा जम्मा १२ जनाको कार्यसमिति रहेको छ । यस मध्ये ९ जनाले कार्वाहीका लागि हस्ताक्षर नै गरेको छ भने बाँकी अन्यले पनि कर्वाहीको पक्षमा आवाज उठाउने समितिले जनाएको छ । भगतले संस्था संञ्चालनमा पटकपटक संस्थाको काम कार्वाही, बार्षिक आर्थिक लेखा जोखा, संस्थाको प्रगती विवरण, बार्षिक साधारण सभा जस्ता महत्वपूर्ण कामलाई पनि वेवास्ता गर्दै संस्था र समितिलाई कम्जोर बनाउन खोजेको र संस्था जिवित राख्न बहुमतको समितिले यो निर्णय गर्नु परेको कार्यवाहक अध्यक्ष रसाईलीले बताउनुभयो ।
उहाँले आफु कार्यवाहक अध्यक्ष हुँदै गर्दा संस्थामा रहेको सबै अपारर्दशीताका कामलाई सुधार गर्ने आफ्नो र समतिको पहिलो काम रहेको बताउनुभयो । रसाईलीकै नेतृत्वमा सोमवार बसेको बैठकले बिभिन्न ३ निर्णहरुमा छलफल गर्दै अध्यक्षले गरेको संस्थाको हिनामिना रकम असुल, हिनामिना रकम उपर कार्वाही सम्बन्धमा र कार्यबाहक अध्यक्षको बिषय अनुसार ९ जनाको हस्तक्षरमै अध्यक्ष निलम्वीत भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
