Tuesday, June 9News That Matters

त्रियुगा नगरपालिकाको ५ औँ नगरसभामा १ अर्व २ करोड बजेट पेस

पूर्णपुष्टि, असार १०

त्रियुगा नगरपालिकाको पाँचौँ नगर सभामा आगामी आर्थीक वर्ष २०७७/७८ को लागी १ अर्व २ करोड ७ लाख ९६ हजार बजेट ल्याएको छ ।

नगरसभामा मेयर बलदेव चौधरीले आगामी आवको लागी अनुमानित शसर्त अनुदान तर्फ ४७ करोड ७९ लाख गरी १ अर्व २ करोड ७ लाख ९६ हजार ६ सइ ४९ रुपैया ८८ पैसाको बजेट नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।

चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष ७७ लाख ८५ हजार ६ सय ४९ रुपैयाले बढी बजेट ल्याएको हो ।

आय तर्फ वित्तीय समानीकरणमा २१ करोड १ लाख, राजश्व वाँडफाँडमा १६ करोड ३ लाख २७ हजार ७१ रुपैयाँ, प्रदेश सरकार वित्तीय समानीकरणमा ८४ लाख ८२ हजार, आन्तरिक श्रोत ९ करोड ३७ लाख ४१ ह्जार, प्रदेश सरकार सवारी साधन करबाट १ करोड ७० लाख २८ हजार रहेको छ ।

यस्तै साना सिचाई कार्यक्रम अन्तर्गत १ करोड ६८ लाख १८ हजार, ५ सय ७८ रुपैया ८८ पैसा, सडक बोर्ड तर्फ ५० लाख, श्रममूलक कार्यक्रम (शहरी शासकिय क्षमता तथा पूर्वाधार सुधार आयोजना) तर्फ १ करोड ५० लाख नगर सभामा प्रस्तुत गरेको छ ।

यस्तै समपुरक अनुदान तर्फ ६४ लाख, प्रदेश समपूरक तर्फ १ करोड विनियोजन गरेको नगरले जनाएको छ ।