
पूर्णपुष्टि, भदौ २४
त्रियुगा नगरपालिकाले थारु समुदायको महान पर्व मध्येको जितिया पर्वका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
त्रियुगा नगरपालिकाले भदौं २५ र २६ गते (आकस्मिक सेवा बाहेक ) सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
थारु समुदायको प्रमुख चाड जितिया पर्वको अवसरमा त्रियुगा नगरक्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको त्रियुगा नगरपालिकाले जनाएको छ । आकस्मिक सेवा बाहेक नगरपालिकाको कार्यालय र माताहातको कार्यालयहरु बन्द रहने जनाएको छ ।
कोरोना भाइरसको महामारीले गर्दा यस वर्षको जितिया पर्व कहि कतै नगई घर घरमै मनाउन नगरपालिकाले नगरबासीलाई अनुरोध गरेको छ ।
खस आर्य समुदायका महिलाले मान्ने तिज पर्व जस्तै थारु समुदायका महिलाका लागि जितिया पर्व महत्वपूर्ण हो । त्रियुगा नगरक्षेत्र भित्र आदिम कालदेखि थारु समुदायको मुख्य बसमोबास भएकोले यस पर्वमा सार्वजनिक विदा दिने निर्णय गरिएको नगरले जनाएको छ ।

