Sunday, May 10News That Matters

त्रियुगा नगरपालिकामा नयाँ शैक्षिक अवधाराणा

उदयपुर, पुस ११ गते । 

त्रियुगा नगर स्तरीय शैक्षिक सम्मेलनले त्रियुगा नगरको शिक्षामा नयाँ अवधारणा प्रस्तुत गरेको छ ।

त्रियुगा नगरपालिकाको शैक्षिक अवस्थालाई मध्यनजर गर्दै अवको शिक्षामा कसरी अघि बढ्ने भन्ने विषयमा अवधारणा तयार भएको छ । शिक्षा गुणस्तर नहुनुमा बिभिन्न क्षेत्रहरुको कमजोरी आएको देखाउँदै यसलाई सबै सम्बन्धित क्षेत्रहरुले विचार गर्नु पर्ने कुरा प्रस्तुत भएको छ । त्रियुगामा गुणस्तरीय शिक्षाको लागि बिभिन्न चुनौतीले गर्दा पनि समस्या आएको अन्र्तक्रियामा छलफल भएको छ ।अवको गुणस्तरीय शिक्षाको लागि नगरले विद्यालयलाई आकर्षण केन्द्र बनाउने, शिक्षण सिकाइसँगै सम्बन्धित क्रियाकलाप, ब्यवाहारिक शिक्षा, उद्यमशिल शिक्षा, तथा नयाँ तरिकाले शिक्षण सिकाईको अवधारणा तयार भएको त्रियुगा नगरपालिका नगर शिक्षा समन्वय समितिका संयोजक मान वहादुर राइले बताए ।

अन्र्तक्रियामा शिक्षामा भईरहेको समस्या र यसको समधानको बारेमा शिक्षा बिद् बिद्यानाथ कोइरालाले व्यवाहारिक शिक्षा र उद्यमी शिक्षाको बारेमा शिक्षकहरुले सोच्नु पर्ने सुझाएको छ ।