पूर्णपुष्टि, पुष २४ । प्रथम त्रियुगा नगर अन्तर मावि स्तरीय मेयर रनिङ शिल्डको बिजेता त्रियुगा माविका विद्याथीलाई विद्यालयले बधाई तथा सम्मान गरेको छ । आईतवार त्रियुगा नगरपालिका ११, ढिम्की पिक्निक स्पोर्ट स्थित बिभिन्न बिधामा बिजयी हुने बिद्यार्थी खेलाडीहरुलाई विद्यालयले बधाई तथा सम्मान गरेको हो ।

खेल क्षेत्रमा विद्यार्थीहरुले देखाएको परिणामलाई उच्च कदर गर्दै उनीहरुको मनोवल कायमै राख्नको निमित्त सो कार्यक्रमको आयोजना गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य जीवन पाण्डेले बताए । उक्त माविले शनिवार सम्पन्न प्रथम त्रियुगा नगर अन्तर मावि स्तरीय मेयर रनिङ शिल्डको प्रथम उपाधी उचालेको थियो । सोहि विद्यालयका खेलाडिहरुले प्रतियोगितामा बिभिन्न बिधा अन्तरगत १० खेलहरुमा समाबेश भएका थियो ।
आयोजित बधाई तथा सम्मान कार्यक्रमा बिजेता टिमहरुलाई बिद्यालय तथा व्यवस्थापन समितिका अध्यक्ष बिनेद कुमार पाण्डे, त्रियुगा नगरपालिकाका नगर उप–प्रमुख महेश्वरी राई, त्रियुगा नगरपालिका वडा नं ११का वडाध्यक्ष सुमन्त कौरालाले क्रमस सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पाण्डेले आ.व.०७९र८० देखि विद्यालय पठन पाठन क्षेत्रमा प्रथम स्थान हासिल गर्ने विद्यार्थीलाई निःशुल्क छात्रावृद्धिको व्यवस्था गर्ने बताएको छ । विद्यार्थीको शैक्षिक गुणस्तरमा टेवा पुर्याउने उद्देश्यले उल्लेखीत समय देखिनै छात्रावृद्धिको सेवा दिने अध्यक्ष पाण्डेले बताए ।
