Friday, May 22News That Matters

थप एक जना कोरोना संक्रमितको मृत्यु

पूर्णपुष्टि, असार ११

नेपालमा कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमित स्याङजाको आँधीखोला गाउँपालिका सिरुवारीका पुरुषको मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार ८ गते भर्ना भएका ५५ वर्षका पुरुषको गतराति मृत्यु भएको प्रतिष्ठानले विज्ञप्ती निकालेर जानकारी दिएको छ । ती पुरुषमा कोरोना संक्रमणसँगै सिभियर निमोनिया, मधुमेह रोगको समेत समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

योसँगै स्याङजामा कोरोनाबाट मृत्यु हुनेको सख्ंया दुई पुगेको छ । यसअघि वालिङ ३ का ५८ वर्षका कोरोना सङ्क्रमितको पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो ।

गतराति मृत्यु भएका पुरुषको मृत्यु बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छैन ।