
पूर्णपुष्टि, ११ गते ।
नेपालमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला काठमाण्डौँ, टेक, प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको रिक्षणमा नयाँ संक्रमित पुष्टि भएको हो ।
मोरङ वारदसी–३ का ४५ वर्षीय पुरुषमो कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै बारा कलैयाका ३२ वर्षीय, पर्सा विरगञ्जका २५ वर्षीय, पर्सा घर भई हाल बारामा कार्यरत ३४ वर्षीय, पर्सा नागवाका ६० वर्षीय, रौतहट स्थायी घर भई हाल कलैयामा कार्यरत ३२ वर्षीय, सर्लाही हरीपुर–६ का ४८ वर्षीय, रुपन्देही सम्मारीमाई–५ का ४० र ५० वर्षीय, रुपन्देहीकै ३२ वर्षीय, काठमाण्डौँ सोह्रखुट्टेका ६९ वर्षीय र नुवाकोट ककनीका ३९ वर्षीय पुरुहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा ६ सय ३ जना संक्रमित पुगेको छ भने ८७ जना उपचारपछि डिस्चार्ज भएका छन् । अहिलेसम्म नेपालमा संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।
थप नयाँ पुष्टि भएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ । अजसँग नेपालको ४२ वटा जिल्लामा कोरोनाको संक्रमण फैलिसकेको मन्त्रालयले जनाएको छ ।
