Sunday, April 26News That Matters

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, जेठ २२ गते । 

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको परीक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएको हो ।

थप संक्रमितहरु स्याङ्जाको कालिगण्डकी गाउँपालिका घर भई गाउँपालिकाकै क्वरेन्टीनमा बस्दै आएका १८ वर्षका पुरुष, बाग्लुङको निसीखोला गाउँपालिकाकी ३३ वर्षकी महिला र २२ र २९ वर्षका पुरुष, बडिगाड गाउँपालिकाका १६,२०,२१ र २५ वर्षका पुरुष र गल्कोट नगरपालिकाका २०, २२ र २३ वर्षका पुरुष रहेका छन् ।

त्ययसैगरी म्याग्दीको मंगला गाउँपालिकाका १९ वर्षका पुरुषमा सङ्क्रमण देखिएको छ भने पर्वतको बिहादी गाउँपालिका २४ र २८ वर्षका पुरुष तथा फलेबास नगरपालिकाका २१ वर्षका २ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ भने ३ जना उपचारपछि निको भएका छन् ।