
पूर्णपुष्टि, भदौ २
आज कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । काभ्रेको धुलिखेल नगरपालिका–७ का ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी काठमाडौंको नयाँबानेश्वरमा बस्दै आएका थिए । पिसाब बन्द हुने समस्या देखिएपछि उनी धुलिखेल अस्पतालमा उपचार गराउन गएका थिए ।
उनको कोरोना परीक्षण गर्दा २७ गते पोजेटिभ रिपोर्ट देखिएको थियो । गतराति साढे १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
