Friday, May 22News That Matters

थप १ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, जेठ १४ गते ।

आज थप १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप १ सय १४ जनामा संक्रमण पुष्ट भएको हो ।

विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा  गरिएको परिक्षणमा सप्तरीको ११ जनामा संक्रमा पुष्टि भएको छ । त्यस्तै विराटनगरको कोशी अस्पतालमा गरिएको परिक्षणमा झापाको १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हेटौडा किटजन्य प्रयोगशालामा गरिएको परिक्षणमा मकवानपुरको १ जना, रौताहटका ७ जनामा संक्रमण पुष्टि  भएको छ । त्यस्तै पोखरा प्रादेशीक प्रयोगशालामा गरिएको परिक्षणमा बागलुङको ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणमा रुकुम पूर्वका ३ जना, दाङको १५ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेको १६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा सिराहाको २ जना, बाराको ७ जना, रौतहटका २९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा ७ सय ९६ पुरुष र ९० जना महिला गरी संक्रमितको संख्या ८ सय ८६ पुगेको छ भने १ सय ८३ जना उपचारपछि निको भएका छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ ।