Monday, July 13News That Matters

थप २९ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, जेठ २० गते । 

कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको  छ ।

प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको सख्या २ सय ६२ पुगेको छ ।

सुर्खेतकामा ११ जना, सल्यानमा ९ जना, अछाममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्णालीमा प्रदेशमा अहिलेसम्म ५ वटा जिल्लामा कोराना संक्रमण देखिएको छ । कर्णालीमा अहिलेसम्म कोरोनाको कारण दैलेखका एक जना युवकको मृत्य भएको छ ।