Tuesday, April 21News That Matters

थप २ जना कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २१९ पुग्यो

पूर्णपुष्टि, बैशाख ३१ गते ।

आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या दुई सय १९ पुगेको छ । बाँकेको नेपालगञ्ज र कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा कपिलवस्तु नपा–५ का २२ वर्षीय पुरुष र धुलिखेल अस्पताल धुलिखेलको प्रयोगशालामा गरिएको परिक्षणमा नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।