Thursday, May 7News That Matters

थप ९ जना कोरोना संक्रमित डिस्चार्ज

पूर्णपुष्टि, जेठ १० गते । 

आज पर्साको नारायणी अस्पतालबाट ९  जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । अस्पतालमा उपचार गराईरहेका ७१ जनामध्ये ९ जनालाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

पर्सा र रौतहटका ३÷३ जना, बाराका २ जना र १ जना भारतीय नागरिक डिस्चार्ज भएको अस्पतालले जनाएको छ । अस्पतालमा अहिले ६२ जना संक्रमित उपचाररत छन् भने नारायणी कोरोना अस्पताल गण्डकीमा पनि २५ उपचाररत छन् ।

योसँगै नेपालमा ७९ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । अहिलेसम्म सङ्क्रमितमध्ये ३ जनाको मृत्यु भएको छ ।