Tuesday, June 9News That Matters

थारु पत्रकार जिल्ला अध्यक्षमा सुखिला

उदयपुर, भदौ १४ गते ।

थारु पत्रकार संघ नेपाल जिल्ला शाखा उदयपुरको नयाँ नेतृत्वमा सुखिलाल चौधरी चयन भएको छ । थारु पत्रकार प्रथम जिल्ला अधिवेशनबाट सुखिलालकोे नेतृत्वमा शनिबार ११ सदसीय कार्यसमिति चयन गरेको हो ।

आदिबासी जनजाती थारु पत्रकार संघ नेपालको राष्ट्रिय अधिवेशन आउनु अगावै जिल्ला अधिवेशन भएको हो । प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा सुखिला चौधरी सर्वसहमत चयन भएको हो । त्यस्तै उपाध्यक्ष दिपु चौधरी, सचिव दुर्गानन्द चौधरी (डिएन) चयन भएको संघले जनाएको छ । त्यसैगरी सदस्यहरु रेनुका चौधरी, सर्वन चौधरी, भाष्कर चौधरी, ममता चौधरी, मेनुका चौधरी, कविता चौधरी, विना चौधरी र दुर्गानन्द चौधरी रहेको छ । त्यस्तै सल्लाहकारहरुमा रविन्द्रकुमार चौधरी, विष्णुदेव चौधरी र शिवकान्त चौधरी रहेको जनाएको छ ।

थारु पुरानो जाती र नेपालको जनसंख्याको आधारमा मुख्य जाती भित्र रहेको भएपनि पत्रकारीता क्षेत्रमा एकदम थोरै रहेको थारु पत्रकार महासंघ नेपालका सदस्य तथा प्रदेश न. १ का ईन्चार्ज कुलदिप चौधरीले बताए । पूर्वको जिल्लाहरुमा उदयपुरमा निकै सक्रियका साथ थरु पत्रकारहरु रहेको र संख्या पनि निकै बढी नै रहेको जिल्ला भित्र पर्ने उनले बताए ।

पत्रकारीतामा धेरै बाधा, अवरोध र चुनौतीहरु आउने भएकाले समस्याको समाधान र चुनौतीसँग संघर्ष गर्दै अगाडी बढ्नु पर्ने चौधरीले बताए । थारु समूदायको भाषा, सस्कार, रीतिरिवाज, चाड पर्वलाई आत्मसाथ गर्दै एक आपसमा साथ सहयोगले अगाडी बढे मात्र गन्तव्यमा पुगिने उनले बताए ।

पत्रकारीता क्षेत्रमा प्रवेश गर्दा जति उर्जा र साहसका साथ आएका हुन्छ त्यो उर्जा र साहस मर्न नदिन नव पिढीहरुलाई साथै लैजान आग्रह गर्दै चौधरीले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

पत्रकारीता राज्यको चौथो अंग भएकाले सवैलाई एकै दृष्टिले हेर्नु पर्ने त्रियुगा नगरपालिकाका उपमेयर देवीकुमारी चौधरीले बताईन् । थारु पत्रकारको विकास गर्नु पर्ने र महिला थारु पत्रकार पनि उत्पादन गर्नु पर्ने उनले बताईन् । पत्रकारीता विकासको क्षेत्रमा पालिकाको सधै साथ सहयोग रहने उपमेयर चौधरीले बताइन् ।

थारु सोझा र बोल्न नसक्ने भएकाले आधा बाटोबाटै अधिकांश क्षेत्रमा फर्कने भएकाले लक्ष्य र गन्तब्य भेटिन्जेल संघर्ष गर्न उपमेयर चौधरीले आग्रह गरेकी छिन् । नयाँ कर्यासमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेकी छिन् ।

थारु जाती सोझो र ईमान्दार भएकाले पहिला देखि अहिले समम राज्यबाट पिडित बन्दै आएको नेपाल पत्रकार महासंघ शाखा उदयपुरको पूर्व अध्यक्ष महेश्वर चाम्लिङ राईले बताए । हिजोका हलिया, कम्लरी जस्ता विभिन्न नाममा थारु पिडित बन्दै आएको उनले बताए ।

२०६८ सालको जनगणनाबाट मुख्य १० जाति भित्र रहेको थारु जाती धेरै पछि परेको राईले बताए । सोझो र बोल्न नसक्ने भएकाले दमन गरी शोषण गरिपछि पारिएको उनले बताए । सवै एक जुट भएर संघर्ष गर्दै अघि बढ्नु पर्ने भन्दै राईले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको थियो ।