Wednesday, June 10News That Matters

दक्षिण भारतीय सुपरस्टार अजितको फिल्म ‘मिराई’को छायांकन काठमाडौमा सुरु

पूर्णपुष्टि,बैशाख ५ । दक्षिण भारतीय सुपरस्टार अजितकुमारको मुख्य भुमिकामा रहने फिल्म ‘मिराई’को छायांकन आज बाट सुरु भएको छ । काठमाडौमा चार दिनसम्म छायाँकन हुने निर्माण यिन्त्रक मनोज जोशीले जानकारी दिए ।

काठमाडौंका विभिन्न क्षेत्रमा हुने छायांकनका लागि २२ जनाको तमिल फिल्म टोली यतिबेला नेपालमा छ । अजितकुमारसहित अभिनेत्री म्याडी पनि फिल्म सुटिङका लागि काठमाडौं आएकी छन् ।

अभिनेता अजित कुमार पूर्वी नेपालको झापा, जनकपुर हुँदै बाइक हाँकेर काठमाडौं आइपुगेका हुन् । तमिल फिल्मका यी चर्चित अभिनेताका केही फिल्महरु नेपालमा समेत हिट छन् । ‘भलिमई’ नेपालमा रिलिज भएको उनको पछिल्लो फिल्म हो ।