Saturday, May 16News That Matters

दलित समुदाय तरकारी खेतीमा आकर्षीत

दुर्गा एसके
मुर्कुची, भदै २२

उदयपुरको पुँवारे, डहर र राजाबासमा सिचाईको सुविधा भएपछि त्याहाका दलित समुदाय तरकारी खेतीमा आकर्षीत भएका छन् ।
रौतामाई गाउँपालिका–७ को पुँवारे, डहर र राजबासमा दुई वटा कुलो निर्माण भएपछि कृषकहरु तरकारी खेतीमा आकर्षीत भएका हुन् ।

वल्र्डभिजन ईटरनेश्नल नेपाल र नेस्पेक उदयपुरको साझेदारीमा संचालित कृषी तथा आर्थीक विकास परियोजना अन्तर्गत जनश्रमदानसति १४ लाख १७ हजार पाँच सय ४६ रुपैयाँको लागतमा दुई वटा सिचाई कुलो निर्माण सम्पन्न भएको परियोजनाका प्राविधिक सव–ओभरसियर उमेश श्रेष्ठले बताए । कुलो निर्माण भएपछि त्याहा ५ हेक्टर जमिनमा खेती गर्न सकिने भएकाले कृषकहरु तरकारी खेतीमा होमिएको उनले बताए ।

सिचाईको व्यावस्था नभएपछि आकाशको पानीको भरमा खेतीपाती गर्दै आएको कृषकहरु बताउँछन् । पानी नपर्दा बाह्रै महिना पनि बारी बाँझै राख्नु पर्ने बाध्यता थियो । तर कुलो निर्माण भएपछि त्यो समस्या हटेको दलित महिला कृषक समूहकी अध्यक्ष निनिमाया सार्कीले बताईन् ।
त्यस्तै सोही परियोजना अन्तर्गत रौतामाई गाउँपालिका–६, ७ र ८ का ४० घर अतिविपन्न तथा गरिब कृषकहरुलाई एक लाख ४० हजार छ सय ४५ रुपैयाँ बराबरको कृषी औजार र विउ वितरण भएको जनाईएको छ ।

कृषक समूहबाट छनोट भई वडाले सिफारिस गरेका कृषकहरुलाई प्लाष्टिक टनेला, स्प्रेपर ट्याङ्की, डिजिटल तराजु, खसी पार्ने मेसिन लगायतका कृषी औजारसहित विउ वितरण गरेको नेस्पेक उदयपुरका फिल्ड सहजकर्ता तथा कृषी प्राविधिक घनश्याम बुढाथोकीले बताए । कृषकहरुले स्वास्थ्य तरकारी उत्पादन गरी विक्रि वितरण गर्न प्रोत्साहित गर्ने उद्देश्यले सहयोग गरेको उनले बताए ।