
पूर्णपुष्टि, कात्तिक २
नेपालीहरुको महान चाड दशैँलाई मिठो खाने र राम्रो लगाउने चाडका रुपमा हेरिन्छ । तर यस वर्ष कोरोना महामारी फैलिएका कारण दशैमा खानपिनमा मात्र हैन सुरक्षाका अन्य सर्तकतामा समेत विशेष ध्यान दिन जरुरी देखिन्छ ।
नेपालीहरुले दशँैमा मान्यजनबाट टिका तथा आर्शिवाद ग्रहण गर्ने परम्परा रहेको छ । यसका साथै मिठो परिकार र नयाँ लुगा दशैंको विशेषताका रुपमा पनि हेर्ने गरिन्छ । त्यसैले दशैंको समयमा माछामासु, फलफुल, मिठाई लगाएत खानेकुराको उपाभोग धेरै हुन्छ ।
पछिल्लो समयमा आएर दशैँमा रमाईलो गर्नका लागि साथीभाई आफन्तसंग बसेर मदिराको सेवन गर्ने चलन समेत बढेको पाईन्छ । तर दशैँमा रमाईलो गर्ने नाममा साथीभाई इष्टमित्र भेला गरी धरै जनासंगै बसी मदिरा सेवन लगाएतका क्रियाकलापले कोरोनाको जोखिम बढ्ने चिकित्सकहरु बताउँछन् ।
दशैँमा आफ्नो स्वास्थ्यको ख्याल नगरी मासु तथा चिल्लो पदार्थ बढि भएका परिकारको सेवन धेरै गरेको पाइन्छ । जसको कारण ग्याष्ट्रिक अपच, फुड प्वाइजनका समस्या तत्काल देखिने गर्दछ । दशैँमा मदिरा र मासुको अत्याधिक सेवन हुने कारण मुटुको धड्कन गडबढी, रक्तचाप, हृदयघात लगाएतका समस्या समेत निम्तिन सक्ने चिकित्सकहरु बताउँछन् ।
अहिले महामारीको रुपमा फैलिरहेकोे कोरोना संक्रमणको जोखिम मदिरा सेवन नगर्नेको तुलनमा गर्ने मानिसलाई भाइरसले पार्ने जटिलता समेत बढि हुने हुदाँ यस्ता वस्तु सेवन अभैm बढि घातक हुने चिकित्सकहरु बताउँछन् ।
दशैँ नेपालीहरुको महान चार्ड हो । तर यस वर्ष दशँै धुम्धाम मनाउने भन्दा पनि कोरोना संक्रमणबाट कसरी बच्ने भन्ने बारेमा सचेत र सतर्क हुनु मुख्य आवश्यता हो । तसर्थ दशैँमा सवैले खानपिनमा विशेष ध्यान दिनुका साथै कोरोना संक्रमणबाट बच्चने स्वास्थ्य सुरक्षाका उपायहरु समेत राम्रोसंग पालना गर्नु पर्ने देखिन्छ ।

