Monday, April 20News That Matters

दशैँ तिहार महोत्सव सुरु

उदयपुर, असोज ३ गते ।

उदयपुरको गाईघाटमा दश दिने “दशै तिहार महोत्सव–२०७६” सुरु भएको छ । अन्य महोत्सव भन्दा फरक तरिकाले शुक्रबारदेखि महोत्सव संचलन भएको हो ।

किर्तिमानी युवा संघ नेपाल र पुर्खा फाउण्डेसनको आयोजनामा विभिन्न संघसस्थाहरुको सहयोगमा माहेत्सव संचालन भएको हो । उदयपुरमा कृर्तिमानी संग्राहालय निर्माणका लागि राष्ट्रिय हस्ताक्षर अभियनमा समेत अतिथिहरुले हस्ताक्षर गरेका थिए ।

संविधान र कानुनले दिएको कुरालाई कसैले रोक्न, छेक्न नमिल्ने  एनफाका प्रवक्ता किरण राईले बताए । नियम कानुन विपरित काम गर्नेलाई काुनन आफैले पनि नछाड्ने र त्यस्तालाई नियम अनुसार कार्वाही हुने राईले बताए ।

राम्रो काम गर्न चाहनेहरुको लागि फराकिलो सोच बनाउनु पर्छ । राम्रो कुरालाई प्रोत्साहन गर्दै नराम्रो कुरालाई सवै पक्षले न्युनिकरण गर्न जरुरी रहेको प्रवक्ता राईले बताए । जुन महोत्सव संचालन गर्दै गर्दाको सोच विचार र लक्ष्य उद्देश्य अनुसार काम गर्न आग्रह गर्दै त्यस भन्दा बाहिर जान नहुने उनले बताए ।

राम्रो कामको थालनि गरे सवैले साथ सहयोग दिन्छ । महोत्सव सब्य र भब्य बनाउन शुभकामना समेत राईले दिएको छ ।

राम्रो कामको थालनि भएकाले नगरपालिका, वडा र आफ्नो व्यक्तिगत रुपमा भरपूर सहयोग रहने त्रियुगा नगरपालिका–३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरीले बताए । पछिल्लो समयमा आएर स्कुले विद्यार्थी लागु औषध दुव्र्यसनीमा फँस्दै गएकाले यसलाई न्युनिकरण गर्न यस महोत्सवले टेवा पु¥याउने आशा लिएको वडाध्यक्ष चौधरीले बताए ।

राम्रो काम गर्नेको पक्षमा सधै साथ सहयोग गर्ने नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका सचिव हरिकुमार राईले बताए । कार्यक्रम सब्य र भब्यताका साथ संचालन गर्न शुभकामना दिदै काम पर्दशी र चुस्त दुरुस्त राखी कार्यक्रम सकिएपछि सार्वजनिक गर्न आग्रह समेत गरेका छन् ।

बाधा अवरोधका चुनौतीहरु विच पनि महोत्सव सफलता पूर्वक सूरु भएको नेपाल पत्रकार उदयपुर शाखाका अध्यक्ष भरत खड्काले बताए । जुन लक्ष्य र उद्देश्यका साथ महोत्सव संचालन भएको छ त्यसलाई पूर्णता दिन आग्रह गरेका छन्

महोत्सव अन्य महोत्सव भन्दा फरक र नौलो तरिकाले लगाउने र १० बुदे अवधारणा पत्र अनुसार नै संचालन हुने आयोजकले जनाएको छ ।