
पूर्णपुष्टि, असार २९
दाङका ४० जनामा सिकलसेल पोजेटिभ देखिएको छ । दङ्गीशरण गाउँपालिकाका दुई वटा वडाका ४० जनामा सिकलसेल पोेजिटिभ देखिएको हो ।
दिगापा–४ र ५ मा गरी २ सय ४१ जनामा गरिएको परीक्षणमा ४० जनामा सिकलसेल पाजिटिभ देखिएको पालिकाले जनाएको छ । योसँगै दङ्गीशरणमा सिकलसेल पोजिटिभ हुनेको सङ्ख्या १ सय १८ पुगेको छ ।
गाउँपालिकाका ७ सय १५ जना थारु समुदायका नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो ।
आज पालिकाको १ र २ नम्बर वडामा परीक्षण हुने जनाईएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअर्न्तगत थारु समुदायको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिँदै सिकलसेल एनिमिया स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको छ ।
