Friday, May 15News That Matters

दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सुरु

फागुन १ गते ।
आजबाट ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई लगाईने दादुरा रुवेला विरुद्धको खोप अभियान सुरु भएको छ । दुई चरणमा संचालन हुने अभियान अन्र्तगत पहिलो चरणको अभियानमा प्रदेश न. १, २ र ५ मा अभियान विहिबारदेखि सुरु भएको हो ।

दुई चरणमा संचालउक्त अभियानमा करिब ३० लाख बालबालिकालाई खोप दिइने भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

सन् २०२३ सम्ममा नेपालबाट दादुरा र रुबेला निवारण गर्ने लक्ष्यका साथ अभियान संचालन गरेको मन्त्रालयले जनाएको छ ।
एक महिनासम्म संचालन हुने अभियानमा सवै बालबालिकालाई खोप लगाउन सरकारले आग्रह गरेको छ । आगामी चैत्र १ गतेबाट दोस्रो चरणको अभियान वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा संचालन हुने मन्त्रालयले जनाएको छ ।