दिनार, रियाल र वनको भाउ बढ्यो

मंसिर २ गते । 

आज कुवेती, बहराइन दिनार, ओमानी रियाल र कोरियन वनको भाउ बढेको छ भने अरु मुद्राको भाउ स्थितर रहेको छ ।

सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ १६ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा रहेको छ ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा रहेको थियो । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९७ रुपैयाँ ९६ पैसा रहेको छ । हिजो खरिददर २सय  ९७ रुपैयाँ ८५ पैसा रहेको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा छ भने मलेसियन रिंगिट १ को खरिददर २७  रुपैयाँ ५८ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा तोकेको छ । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९० पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३ सय ७७ रुपैयाँ २० पैसा र बिक्रीदर ३ सय ७९ रुपैयाँ १८ पैसा रहेको छ । हिजो खरिददर ३ सय ७७ रुपैयाँ १४ पैसा र बिक्रीदर ३सय  ७९ रुपैयाँ ११ पैसा रहेको थियो । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय ३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३ सय ५ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३ सय ५ रुपैयाँ ४१ पैसा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0