Saturday, June 27News That Matters

दिपक मनाङगेको श्रीमती हेटौँडाबाट पक्राउ

पूणर्पुष्टि, मंसिर १०

गण्डकीं प्रदेश साम्सद दिपक मनाङगे ( राजिव गुरुङ ) को श्रीमतीलाई मुर्ति चोरीको आरोपमा प्रहरीले हेटौँडाबाट पक्राउ गरेको छ ।

मनाङगेका श्रीमती दिक्छेन डोल्मा लामालाई बुधबार हेटौँडा स्थित माईतीमा बस्दै आईरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला अदालत कास्कीले बहुमूल्य धातुको मूर्ति चोरी गरेको मुद्दामा पक्राउ पूर्जी जारी गरेकाले उनलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रहरीका अनुसार उनीसहित तीनजनालाई विपक्षी बनाएर कास्की जिल्ला अदालतमा बहुमुल्य धातुको मूर्ति चोरीको मुद्दा दायर भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र प्राप्त भएकाले उनलाई पक्राउ गरि कास्की पठाइएको डीएसपी रानाले बताएका छन् ।