Sunday, June 28News That Matters

दिल्लीमा ९ सय जनाभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, चैत ३० गते । 

भारतको दिल्लीमा नौ सय भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म आठ हजार तीन सय ५६ जनामा कोरोना पुष्टि भएको भारतको स्वास्थ्य विभागले जनाएको छ । उक्त संख्यामध्ये दिल्लीमा मात्रै नौ सय तीन जनामा कोरोना पुष्टि भएको जनाईएको छ ।

भारतको प्रान्तहरु मध्ये सबैभन्दा बढी महाराष्ट्रमा १७ सय ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको विभागले जनाएको छ । त्यसपछि तामिलनाडु, राजस्थान, मध्य प्रदेश र तेलंगनामा धेरै सङ्क्रमित रहेका विभागले जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट दुई सय ७३ जनाको मृत्यु भईसकेको छ भने ७ सय १६ जना उपचारपछि निको भएका छन् ।