
पुर्णपुष्टि, जेष्ठ १९ बारामा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा एक मोटरसाईकल चालकको मृत्यु भएको छ ।
साँझ ५ बजे सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित सिम्रौनगढ–कचोर्वा जाने नहरमा दुई मोटरसाईक एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । कचोर्वा तर्फ जाँदै गरेको बीआर ०५ एएल ७०८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर ०५ वाई ५५७८ नम्बरको मोटरसाइकलको दुर्घटना ७०८३ नम्बरको मोटरसाइकलमा सवार बारा पचरौता नगरपालिका–३ बस्ने २६ वर्षीय प्रदीप शाहको टाउकोमा र चिउडोमा चोट लागेर गम्भीर घाइते भएका थिए । घाइते शाहलाई उपचारको लागी कलैया अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । ५५७८ नम्बरको मोटरसाईकलका चालक भारतको मोतिहारी जिल्ला झरौखर थाना बिजवनी ग्राम पञ्चायत–९ अठमुहान बस्ने २३ वर्षीय रामपुकार महतो नुनियाको टाउको, हातमा चोट लागेको छ । उनको सिम्रौनगढकै कंकाली पोलिक्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
