Wednesday, May 20News That Matters

दुबई बस दुर्घटनामा ६ जना नेपालीको मृत्यु

असोज १३ गते । 

दुबईमा भएको बस दुर्घटनामा छ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउद नेपाली नगरिकको मृत्यु भएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।

दुबईको शेख मोहमद विन जाहेद सडकमा फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा कामदार बोकेको मिनिबस सोमबार लरीमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा नेपालीसहति आठ जनाको मृत्यु भएक छ । त्यसमा एक पाकिस्तानी नागरिक र एक भारतीय नागरिक रहेका छन् ।

घाइतेमध्ये ५ भारतीय र एक जना बंगलादेशी नागरिक रहेको दुवई प्रहरीले जनाएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेकाले उपचारको लागि दुबईमाको अल रसिद अस्पतालमा पठाएको छ ।