Sunday, June 28News That Matters

दुर्घटनाबाट मोटरसाईकल र स्काईभेटर चालकको मृत्यु

पूर्णपुष्टि, चैत १३

मोरङ र पाँचथरका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

हिजो दिउसो सवा १२ बजे कटहरी–४ रंगेली सडक खण्डमा को २ त ६१२७ नम्बरको ट्रयाक्टरले को ३ प ३३०९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक धनपालथान–७ का ६० बर्षीय  मुस्तफी मियाको न्युरो अस्पताल  बिराटनगरमा उपचारको क्रममा पौने १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रयाक्टर र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यसैगरी दोलाखा तामाकोशी–३ पुरानोगाँउका २८ बर्षीय पवन महतको स्काईभेटर दुर्घटनाबाट मृत्यु भएको छ । हिजो दिउसो सवा १२ बजे पाँचथरको कुम्मायक–४ वानथाक स्थित मध्यपहाडी लोकमार्गको ट्रयाक खन्ने क्रममा ना १ क ८३२१ नम्वरको स्काईभेटर अचानक चिप्लिएर ५०० मिटर तल झरी दुर्घटना हुदा चालक महतको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।