
सुनसरी, असोज ५ गते ।
सुनसरीको धरानमा स्कुटर दुर्घटना हुदा स्कुटी चालकको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१३ निबासी २७ वर्षीय सविन राईको मृत्यु भएको हो ।
कोशी राजमार्ग अन्तर्गत धरानको जिरोप्वाईन्टबाट भेडेटार तर्फ जाँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रकले सोही दिसा तर्फ जादै गरेको को ३१ प ३०३४ नम्बरको स्कुटीलाई साँझ सवा ४ बजे ठक्कर दिदा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट घाईते भएको राईको उपचारका लागि लगिएपनि बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र ट्रक चालक नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
