
भदौ ११ गते ।
रत्न राजमार्ग अन्तर्गतको सुर्खेतको हर्रेमोडमा बस दुर्घटना हुँदा तीन जनाको मृत्य भएको छ । भेरीगङ्गा नरगपालिका–५ को हर्रेमोडमा बुधबार यात्रु बहाक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाईते भएका हुन् ।
जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस करिब बिहान साढे ३ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २ जना पुरुष र एक जना महिलाको मृत्यु भएको तर मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको भेरीगंगा नपाको मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
