दुर्घटनामा ४ को मृत्यु, १८ घाइते, वडा अध्यक्षको स्वास्थ्य अवस्था नाजुक

सवारी दुर्घटनामा चार जनाको मृत्युु भएको छ। दोलखाको बिगु गाउँपालिकामा दुर्घटना हुँदा वडा अध्यक्ष सहित १८ जना घाइते भएका छन् ।गाउँपालिकाको वडा नम्बर ४ लादुक स्थित चार गोलाइमा प्रदेश नं ३-०१-२३ च ७५८० नम्बरको गाडी राती १० बजे दुर्घटना भएको थियो।

दुर्घटनामा विगु गाउँपालिका वडा नम्बर ३ वुलुङका ३५ वर्षीया विनोद केसी, ४५ वर्षीया अजिता खत्री र विगु गाउँपालिकाकै ५२ वर्षीय राधा खड्का र २४ वर्षीया चण्डीका थापाको मृत्युु भएको छ।

दुर्घटना परि वडा नम्बर ३ का वडा अध्यक्ष ४२ वर्षीय श्रीराम खड्का गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौ लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0