
पाँचथर, कार्तिक २७ गते ।
पाँचथरको हिलिहाङमा टिपर दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका–४ मा टिपर दुर्घटन हुदा विनोद तामाङ र भिम तामाङको मृत्यु भएको हो ।
रसुवाकन्ट्रक्सन प्रालिको बा २ क २९९० नम्बरको टिपर काम सकेर सुभाङबाट ४ नम्बर क्याम्पमा राख्नको लागी जाँदै गर्दा सालिङगेमा आफै अनियन्त्रीत गतराती साँढे ८ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
टिपर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा टिपर चालक धादिङका २५ बर्षीय विनोद र सोही कम्पनीका स्टोर किपर हिलिहाङ गाउँपालिका–१ निबासी २३ बर्षीय भिमको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
