Saturday, May 2News That Matters

दुर्लभ बन्यजन्तुको छाला र अन्य सामाग्री सति ४ चिनीया नागरिक पक्राउ

पूर्णपुष्टि, असार २२

काठमाण्डौँ बाट दुर्लभ वन्य जन्तुको छाला र अन्य बिभिन्न अबैध समाग्री सहित ४ जना चिनियाँ नगरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरबाट खटिएको विशेष टोलीले काठमाडौंको ज्याठा क्वाबाहालबाट चारजना चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतले बताए ।

दुर्लभ वन्यजन्तुको अवैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न रहेको आरोपमा उनिहरुलाई पक्राउ गरेको हो । पर्नेमा चीनको युनान प्रान्त घर भइ काठमाशडौं महानगरपालिका –३ बालुवाटर बस्दै आएका ३१ वर्षीय झाओ पेनुचेङ, चीनको हुबेइ प्रान्त घर भइ काठमाडौं महानगरपालिका –१७ ठैटी बस्दै आएका ३४ वर्षीय मा जिङबिन, चीनको हेनान प्रान्त घर भइ काठमाडौं महानगरपालिका–१७ ठैटी बस्दै आएका ३१ वर्षीय निउ युलियाङ र चीनको जुवाङदोञ्ज प्रान्त घर भइ काठमाडौं महानगरपालिका १७ ठैटी बस्दै आएका २८ वर्षीय पेङ्ग हुइ रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले दुर्लभ बन्यजन्तुको छाला ,कस्तुरीको बिना, बुद्वचित्र, रुद्वाक्ष,बाघको दात र फलामको धारिलो खुकुरी ,तरबार लगाएत बरामद गरेको एसपी बस्नेतले बताए ।